सल्यान। सल्यानमा ट्याक्टर दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बनगाड कुपिण्डे नगरपालिका–१० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भूपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलवीर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन्।
घाइते आठै जनालाई प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ। घाइतेमध्ये तिलक बुढा, भुपाल बुढा, गोपाल पुन र सुमन पुनको अवस्था गम्भीर छ।
ट्याक्टर चालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।