काठमाडौँ । चलचित्र फूलबारीको ‘फर्स्ट लुक’ पोस्टर सार्वजनिक गरिएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्र आगामी फागुन ५ बाट प्रदर्शनमा आउँदै छ।
चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियङ्का कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङ देखिएका छन् ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा आधारित चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षीसिंह भण्डारी, रुजा राउत, रूपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय छ। चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।