काठमाडौँ । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । काठमाडौंको सुन्धारास्थित एक होटलमा बुधबार अधिकारी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन् । होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् ।
होटलभित्र झुण्डिएको अवस्थामा अधिकारीको शव फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अधिकारी क्राइम बिटका स्थापित पत्रकार हुन् । उनले लामो समय कान्तिपुर पब्लिकेसनअन्तर्गतको नेपाल साप्ताहिक र कान्तिपुर दैनिकमा काम गरेका थिए । विभिन्न अनलाइनमा समेत काम गरेका अधिकारीले पछिल्लो समय अपराधसँग सम्बन्धित विषयमाथि आफ्नै युट्युब च्यानलमार्फत विश्लेषण पस्किँदै आएका थिए ।
अधिकारीका चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, जासुसीको जालो, रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् ।