काठमाडौँ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि बागमती प्रदेश सरकारले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिवलाई आयोगले स्पष्टीकरण सोधेको हो ।आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।