काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
लमजुङ, कास्की तनहुँ लगायतका जिल्लामा मंगलबार अबेर साँझ भूकम्पकाे धक्का महसुस गरिएकाे हाे । साथै सुर्खेत, बाँके बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
यस्तै सुदूरपश्चिमका बझाङ,अछाम,बाजुरा लगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।