कालिकोट । कालिकोटको तिलागुफा–५ स्थित खल्लागाडमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन् जनाको मृत्यु भएको कालिकोटका डिएसपी जयश्वर रिमालले बताए ।
मुगुबाट सुर्खेत आउँदै गरेको भे १ च ४४१२ नम्बरको जीप कालिकोटको तिलगुफा–५ मा दुर्घटना भएको हो ।
कर्णाली राजमार्गमा भएको जीप दुर्घटनामा परेर मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्म, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ७ जना घाइते भएका डिएसपी रिमालले जानकारी दिए ।