गण्डकी । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गरेका प्रदेश प्रमुखको कार्यालयद्वारा मंगलवार जारी सूचनामा जनाइएको छ ।
मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेका छैनन् ।
उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै राखिएको छ ।अन्य मन्त्रालयको जिम्मेवारी भने पूर्ववत् मन्त्रीहरूकै जिम्मामा रहेको छ । यसअघि विना विभागीयमन्त्रीमा नियुक्त भएका आचार्यले असार ११ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए।
उनी गत निर्वाचनमा गोरखा जिल्लाबाट डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँशक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।