काठमाडौं। नेपालमा पनि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ। योसँगै ग्रस्तोदित खग्रास चन्द्रग्रहण देखिन सुरू भएको छ।
अहिले ०५ः११ बजेदेखि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिएको छ। बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।
बेलुकी ०६ः३४ बजे ग्रहण सकिनेछ। नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिनेछ।
शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न सकिनेछ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ।
सम्बन्धित समाचारः आज अपराह्न ५ः११ देखि चन्द्रग्रहण लाग्ने, के गर्ने ? के नगर्ने ? यी राशिलाई फाइदा