दमक। नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्।
झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सिटौलाले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘चुनावपछि हाम्रो नेतृत्वमा सरकार बन्छ। नयाँ सरकारले मुलुकको विकासमा नयाँ गति सिर्जना गर्छ। संविधानको रक्षा र मुलुकको समृद्धि गर्ने हाम्रो अठोट हो।’
जनताको विकासको चाहना पूरा गर्नका लागि आफूलाई जिताउन उनले आग्रह गरे। उनले भने, ‘संविधानलाई जोगाउने किसिमले बनेको लोकतान्त्रिक गठबन्धनकै कारण पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्छ।’