मुगु। नेपालगञ्ज विमानस्थलबाट समिट एयरलाइन्सबाट डोल्पा जानुपर्ने महिला यात्रु नेपाल एयरलाइन्सको कर्मचारीको लापरवाहीले मुगु पुगेका छन्।
डोल्पा जिल्ला ठूलोभेरी नगरपालिका–५ का राजकुमारी बुढा र उनको साथमा रहेको बच्चा डोल्पा जानुपर्ने भए पनि एयरलायन्सहरुको लापरवाहीका कारण मुगु पुगे।
नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख किरणमान श्रेष्ठले नेपाल एयरलाइन्सको बोर्डिङ् पास भएर नै उनी नेपाल एयरलाइन्सबाट ताल्चा पुगेको हुनुपर्ने बताए। उनले सो बारे जानकारी माग गर्ने बताए।
सोमबार बिहान नेपाल एअरलायन्स ७३३ कल साइनको जहाजमा राजकुमारी बुढा मुगु पुगेपछि मात्रै सो बारे कुरा बाहिर आएको हो।
ताल्चा विमानस्थलमा अलपत्र भएको ४ घण्टापछि उहाँलाई पुनः तारा एयरलायन्समा नेपालगञ्ज फिर्ता लगिएकोे रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख सन्तोषकुमार गौतमले बताए।