पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्।
मंगलबार मुख्यमन्त्री मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका हुन्।
गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध भोट मागेको, एमालेलाई सघाएको आरोपमा मन्त्री आचार्यलाई बर्खास्त गरिएको हो।
गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए। यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको बताइएको छ। उक्त मन्त्रालय मुख्यमन्त्री आफैंले सम्हाल्ने भएका छन्
तर, उनले आफूले एमालेको प्रचार नगरेको र प्रचण्डविरुद्ध भोट नमागेको दाबी गर्दै आएका छन्।
आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए। तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएका थिए।