काठमाडौं। मोटरसाइकलको लेग गार्डबाट तरवार निकालेको भिडिओ टिकटकमा हाल्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन सानो भर्याङका बर्ष २३ का दिपेश महर्जन र दोलखा मेलुङ्ग गाउँपालिका–६ घर भई स्वयम्भू बस्ने बर्ष २२ का श्रवण लामा रहेका छन्।
उनीहरुले बा ५१ प ४६३९ नं. को मोटरसाइकलको लेग गार्डबाट धारिलो हतियार तरवार झिकेको भिडिओ खिचेर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेका थिए। साथै, उनीहरुले सर्वसाधारणमा अशान्ति मच्चाएकोलगायतको सूचना प्रहरीमा पुगेको थियो।
उनीहरुको साथबाट बा. ५१ प. ४६३९ नम्बरको बुलेट मोटरसाइकल, मोटरसाइकलको लेग गार्डमा जडित दुई फिट साढे दुई ईन्च लम्बाई भएको धारिलो हतियार (तरवार), बरामद गरिएको छ।
प्क्राउ परेका महर्जन र लामाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।