काठमाडौं । निर्वाचन आयोगले प्रचारप्रसारमा टोपी प्रयोग गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि स्पष्टीकरण सोधेको छ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो।
आयोगले उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पनि भनेको छ।