बुटवल। रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्।
मृत फेला पर्नेमा देवदह नगरपालिका–५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर रहेका छन्।
उनीहरू सोमबार बिहान आफ्नै घरमा कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।
श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको प्रहरी अनुमान छ। वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए।