बाजुरा । बाजुरामा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । चुलोको नजिकै सुताइराखेको शिशुको जलेर मृत्यु भएको प्रहरीले बताइएको छ ।