काठमाडौं। निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ।
वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो।
रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको छ।
रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड ९क०को प्रतिबन्धात्मक वाक्यांश ९४० प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा ९३० बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ।