काठमाडौँ । नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले पार्टी नै नरहेको टिप्पणी गरेका छन्। शनिबार रुपन्देहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले बोकेको एजेण्डा सही भए जिताउन आग्रह गरे।
उनले भने, ‘मैले बोकेको एजेण्डा ठीक भए जित्छु नत्र हार्छु। मैले अहिलेसम्म गरेको काममा मेरा एजेण्डा ठीक भए मलाई जिताउनुस्। मेरो एजेण्डा सही छैन भनेर हराउनुस्। अहिले एमाले त पार्टी नै रहेन। अब त्यहाँ गुटको चाकरी गर्नेमात्र छन्।’
विकास सांसद र मन्त्रीले ल्याउछ भनेर बस्न नुहने बताए। आफ्नो ठाउँको विकासको लागि आफैं सक्रियतापूर्वक लाग्न आग्रह गरे।
उनले रुपन्देहीको विकास निर्माणका लागि जिते पनि हारेपनि निरन्तर लाग्ने प्रतिबद्धता जाहेर गरे। उनले रासायनिक मल ल्याउन बंगलादेशसँग सम्झौता गरेको अवस्थामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएको आरोप लगाए। उनले आगामी दिनमा कृषिलाई प्राथामिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता समेत गरे।