धनगढी । कैलालीमा डोजरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भीमदत्त राजमार्गको फल्टुडेमा डोजरले पैदलयात्रीलाई ठक्कर दिएको हो।
सुपप्र०१–००१ क २०४५ नम्बरको जेसीबीले ठक्कर दिदा डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलाका रुपेश विकको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उनको डोजरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। जेसीबी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।