पोखरा, १७ कार्तिक । कास्की क्षेत्र नम्बर १ बाट माओवादी र काँग्रेसका करिब एक दर्जन एमालेमा प्रवेश गरेका छन् ।
कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरुङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्बर ३ को काल्लाङटार र थापा चोकका टंक के।सीसहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना काङ्ग्रेस कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पार्टी सङ्गठन विभाग प्रमुख तथा १ (१) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरुङले एक कार्यक्रमका बिच स्वागत गरेका थिए ।
नवप्रवेश कार्यकर्ताहरूले माओवादी र काँग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरूले पार्टी परित्याग गरेको बताए । साथै उनीहरूले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरुङले भष्ट्रचारको अन्त्य साथै मूल्यवृद्धि नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धान्तलाई मुर्त रूप दिने बताए ।
त्यस्तै कास्की क्षेत्र नम्बर १ ९१० का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्यधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे ।मङ्सिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा अहिले एमाले उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् ।