काठमाडौं। स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालक आयुषमान दाहालको मृत्यु भएको छ।
रुखमा ठोक्किएर घाइते भएका दाहालको बिहीबार बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
बुधबार करिब साढे तीन बजेको समयमा काठमाडौं–२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्यनरत १३ वर्षीय बालक घाइते भएका थिए।
स्कुल छुट्टी भएपछि सोही स्कुलकै बा १ क ४६४२ नम्बरको बसमा चढी घर फर्कने क्रममा उक्त बसको पछाडिको सिटको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रहरी वृत्त दरबारमार्ग प्रहरीले बस र बसका चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।