पोखरा। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्मको चार दिने मोटर र्याली सुरु गरेको छ।
‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७ (बिहिवार) देखि २० गते शनिबारसम्मका लागि र्यालीको आयोजना गरिएको हो।
कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ र्यालीको आयोजना गरिएको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले बताए।
यसका साथै र्यालीले स्थानीय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवद्र्धन लगायतमा पनि सघाउन पुग्ने अध्यक्ष मल्लले बताए।
र्यालीमा सातै प्रदेशका युवा उद्यमीहरुले सहभागिता जनाएका छन्। पोखरादेखि सुरु भएको र्याली कोरला नाकासम्म पुग्नेछ।
सन् २००३ मा स्थापित गैर नाफामुलक सामाजिक संस्थाका रुपमा स्थापित एनवाईईएफमा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आवद्ध छन्।