काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । उनको उम्मेदवार रद्द गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।