पोखरा। पोखरामा चार्डवाडका कारण रगतको अभाव भएको छ ।
लामो समयको सार्वजनिक विदाका कारण अहिले रक्त संचार केन्द्र पोखरामा दैनिक ७० देखि ८० जनासम्म व्यक्तिलाई रगत आवश्यक परेको भन्दै माग हुने गरेको छ । तर रक्त संचार केन्द्रमा आवश्यक रगत अभाव हुन थालेको छ ।
माग वढ्दा रक्तदान कार्यक्रम थोरै हुदा रगत अभाव हुन थालेको रक्त संचार केन्द्र पोखराका प्राविधीक प्रमुख अर्जुन ज्ञावलीले बताए।
पछिल्लो समय निवार्चनका कारण पनि रक्तदान कार्यक्रमहरु क्यालेण्डरमा नरहेको हुदा आकस्मिक रुपमा रक्तदान गर्न युवा क्लव संघ संस्थाहरुलाई ज्ञवाली आग्रर्ह गरे।