काठमाडौँ । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।
निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए ।
अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ मागिएको छ । प्रवक्ता निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न÷नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न÷गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको बताए ।