बुटवल । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा शङ्कास्पद वस्तु फेला परेको छ। बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।
संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा शङ्कास्पद वस्तु देखिएको बताए ।