धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको हो।
मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेर नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले बताएको छ। गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको र अहिलेसम्म नपुगेको प्रहरीले बताएको हो। गौरीगंगासँग दमकल नभएकाले बढी क्षति भएको हो।
प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ। विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिकाको दमकल पनि आगो निभाउनका लागि पठाइएको उपमहानगरले जनाएको छ।