अर्घाखाँची। १५ वर्ष कैद सजाय भई फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं ६ बस्ने वर्ष २६ का शालिकराम थापालाई जिल्लाकै सितगंगा नगरपालिका वडा नम्बर ४ चक्लामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए।
अर्घाखाँची जिल्ला अदालतले गत २०७२ मङ्सिर २६ गते १५ वर्षको कैद सजाय फैसला गरेको मिसिलमा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिए।