काठमाडौँ । सत्ता गठबन्धनले नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलाई आफ्नो आधिकारिक उम्मेदवार तोकेको छ ।
गठबन्धनको शुक्रवार बसेको बैठकले तय गरेको साझा उम्मेदवारको सूचीमा रौतहट ३ मा प्रभु साहको नाम राखिएको छ ।
यसअघि माओवादी उम्मेदवार रविन्द्र पटेलले प्रभुको लागि आफ्नो उम्मेदवारी निष्क्रिय पार्न असहमति जनाएका थिए । तर, गठबन्धनको अन्तिम सूचीमा प्रभु साहको नाम राखेर पटेलको उम्मेदवारी निष्क्रिय बनाइएको छ ।