काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका आधिकारिक उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।कतिपय निर्वाचनमा विवाद देखिएपछि गठबन्धनले आधिकारिक उम्मेदवारहरुको नामावली शुक्रबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबीच निर्वाचनका लागि गठबन्धन भएको छ ।लोकतान्त्रिक समाजवादी पार्टीसँग भने तराईका जिल्लाहरुमा तालमेल गरिएको छ ।