धनगढी । कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ।शुक्रबार धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी धनगढीबाट मछली नदी नजिकै गोदावरी नगरपालिका पिकनिक गएका थिए। उनीसहित १२ जनाको टोली पिकनिक गएका थिए।
दिउँसो २ बजेतिर उक्त नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। खोजतलास गर्दा साढे ३ बजे आर्यन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।