काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले हरेक चाडपर्वहरूको महत्त्वफरक फरक हुने भन्दै चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताएका छन्।
उनले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीहरू ले संरक्षित गर्नु र संवर्द्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताए ।
आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने पनि उनको भनाइ थियो ।
तिहारको उपलक्ष्यमा बहिनीहरूबाट भाइटीका लगाएपछि नेता ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । नेता ओलीले बिहीबार भाइटीकाको दिन आफ्ना तीन जना बहिनीहरूसँग टीका लगाएका थिए ।