मकवानपुर । मकवानपुरमा देउसी खेल्न जाँदै गरेका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको भीमफेदी गाउँपालिका–१ बाघचौरमा गएराती देउसी खेल्न हिँडेका स्थानीय ४१ बर्षीय सुकमान गोलेको भिरबाट लडेर मृत्यु भएको हो ।
देउसी खेल्न जाने क्रममा एक्कासी भिरबाट लडेर गम्भिर उनी घाइते भएका थिए । उनलाई उद्धार गरी उपचारका लागी हेटौँडा अस्पताल ल्याएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए।