रोल्पा । रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। लिवाङ–भालुवाङ सडकखण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप दुर्घटना भएको हो।
जीप सडकबट १०० मिटर तल खसेको बताइएको छ। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षीय विष्णु रिजाल, ६० वर्षीय नारायण रिजाल र रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका र ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ। ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीको अनुमान छ।