काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो । नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेमकिपा सचिव प्रेम सुवालले निर्वाचन क्रान्तिको संकेत दिने प्यारामीटर रहेको बताए ।
उनले नेपालीको सम्पत्तिलाई विदेशमा नलैजाने नियम कानुन बनाउन आवश्यक रहेको औंल्याए।