धनगढी । कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते एक जनाको उपचारको क्रममा आज बिहान ज्यान गएको छ ।
गए राति ११ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेका गौरीगङ्गा नगरपालिका ५ अण्डैया शिविरका वर्ष ४० का गणेश सिजाली मगरको ज्यान गएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।