धनगढी । कैलालीको कैलारी गाउँपालिकामा धान थ्रेसिङ्ग गर्ने क्रममा थ्रेसरमा पटुकी फसेर एक महिलाको ज्यान गएको छ ।
आज विहान खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा कैलारी गाउँपालिका-३ भररीका ४५ वर्षकी बीना चौधरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा चौधरीले टाउकोमा बेरेको पटुकी थ्रेसरमा फसेको थियो ।
उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।