गोरखा । गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको छ ।
आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन् । रिपोट चिक्तवुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन वमोजिम कारबाहीको लागि अस्पताल व्यवस्थापन समितिले माग गरेको छ ।
कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।