काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले मधेस प्रदेशको प्रमुखको जिम्मेवारी बागमति प्रदेशका प्रमुख यादवचन्द्र शर्मालाई दिएकी छिन्।
मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र कात्तिक ९ गतेदेखि ११ गतेसम्म भारतको झारखण्डको औपचारिक भ्रमणमा जाने भएकाले शर्मालाई जिम्मेदवारी दिइएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भनेका छन्, ‘‘भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम बागमती प्रदेशका प्रमुख माननीय यादव चन्द्र शर्मालाई तोक्नु भएको छ।’