काठमाडौँ । वीरगन्ज महानगरपालिका २२ का पूर्व वडा अध्यक्ष ग्यासुदीन मियाँ जनता समाजवादी पार्टी नेपालमा जसपामै फर्किएका छन् ।
केही समय जसपाबाट बाहिर गएका उनी पुन: पुरानो घर जसमामै फर्किएका हुन् ।
उनलाई आज फूलमाला र टीका लगाएर पूर्व वन तथा वातावरण मन्त्री तथा जसपाका नेता प्रदीप यादवले स्वागत गरेका हुन् ।
अब पर्सा जिल्लामा जसपा थप सशक्त बन्ने विश्वास लिइएको पर्सा १ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका यादवको भनाई छ ।