काठमाडौं । काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।
शनिबार स्यूचाटारमा आयोजित कार्यक्रममा आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै उनले यसपालि मतदाताहरू परिवर्तनको पक्षमा रहेकाले ३१ वर्षदेखि स्थापित एउटै अनुहारलाई धन्यवादसहित बिदा गर्नुपर्ने बताए ।
कार्यक्रममा विवेकशील अभियान र साझा पार्टी नेपालको तर्फबाट बागमती प्रदेश सभाको लागि २७ जना उम्मेदवारको तर्फबाट पनि प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।सिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योल आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे ।



