काठमाडौँ । नेपाली काङ्ग्रेस वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का बुथ सभापति वीरेन्द्र महतो सहित ६ जना जनता समाजवादी पार्टी नेपाल(जसपा)मा प्रवेशमा प्रवेश गरेका छन् ।

विगत २३ वर्षदेखि नेपाली काङ्ग्रेससँग आबद्ध रहेका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का सभापति वीरेन्द्र महतो नेपाली काङ्ग्रेसकै अनवारुल हक ठकुराई, प्रभु महतो कोइरी, गोपाल महतो कोइरी, प्रदीप महता, वकिल अन्सारी, लालबाबु मन्सुरी आज जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई फूलमाला र गम्छा ओढाएर पूर्व वन तथा वातावरण मन्त्री तथा जसपाका नेता प्रदीप यादवले स्वागत गरेका हुन् ।

अब पर्सा जिल्लामा जसपा थप सशक्त बन्ने विश्वास लिइएको पर्सा १ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका यादवको भनाई छ ।