काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताए ।
अध्यक्ष नेपालले पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् ।’
दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा नेकपा (एमाले) नेतृत्वका कारणले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उनले बताए ।