बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनाका मृतकहरुको शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको छ ।
मृतकका आफन्त तथा परिवारजनले हिन्दु संस्कारअनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् ।
मृतक परिवारले क्षतिपूर्ति बाफतको रकम पाउनु पर्ने भन्दै जिल्ला अस्पतालबाट शव बुझ्न नमानेपछि बिहीबार दाहसंस्कार हुन सकेको थिएन् ।
नेपाल सरकारको नियमअनुसार दुर्घटना भई मृत्यु भएमा पाँच लाखसम्म मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने र घाइतेको उपचार सवारीधनीले गर्नुपर्ने व्यवस्था छ ।