काठमाडौँ । सर्वोच्च अदालतले रूपन्देही-२ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।
यसअघि आफैंले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको छ।गुरूङले दिएको रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश नहुने भनेको हो।

