काठमाडौं। लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रागिरी–१५ घर भई हाल बाँसवारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत ४२ वर्षीय मुकेश माली रहेका छन्।
काठमाडौं–३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचनापछि प्रहरी बृत्त महाराजगञ्जको प्रहरी टोली त्यहाँ गएको थियो।
सो क्रममा उनको मोबाइल फोनमा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला परेको प्रहरीले जनाएको छ।
उनको साथबाट आइफोन १२ प्रो म्याक्स बरामद गरिएको छ।
पक्राउ परेका मालीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमांडौबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।