काठमाडौँ । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले बिहीबार राजीनामा दिएकी हुन् ।
४१ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो ।
केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजिनामा दिन दबाब दिइरहेका थिए ।गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार नै राजीनामा दिएकी थिइन् ।