काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण आज केही स्थानमा वर्षा हुने भएको हो।
यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।