काठमाडौँ । काठमाडौँको धुम्बाराही चोकमा दुई कार एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
बुधबार राति साढे ९ बजेतिर बा ४ च १६३७ नम्बरको कार र बा १ ए ९८६ नम्बरको कार अर्को आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।
स्थानीय प्रहरीका अनुसार सो दुर्घटनामा परी मोटसाईकल पनि दुर्घटनामा परेको छ । बा ३९ क ३७११ नम्बरको मोटरसाइकल पनि सोही दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुवै कारका चालक भने गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।