कञ्चनपुर । कञ्चनपुरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत फेला परेका छन् कञ्चनपुरकोे गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथी सँगै सुतेका एक युवक मृत भेटिएका हुन् ।
होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । उनि साथीसँग होटलमा सुतेका थिए र सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
उनले भने, ‘सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन् ।’ अहिले मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।