काठमाडौँ । हिजो सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको छ।
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
काठमाडौं उपत्यकामा सोमबार यता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद हिरा भट्टराईका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ। तापक्रम कम हुने क्रम सुरू भएकाले चिसो बढ्दै जाने उनले बताए।